पिएसजीले गर्यो रामोस आबद्ध भएको औपचारिक घोषणा
भर्खरै रियल म्याड्रिड छाडेका स्पेनिस डिफेन्डर सर्जियो रामोस लिग वान क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएका छन् । रामोससँग दुई वर्षको सम्झौता गरिएको घोषणा पिएसजीले गरेको हो । ३५ वर्षका रामोसले आफ्नो खेल जीवनमा विश्वकप, युरोकप, फिफा क्लब विश्वकप युईएफए च्याम्पियन्स लिग, स्पेनिस ला–लिगा, कोपा डे रेलगायत सबैखाले प्रमुख उपाधि जितिसकेका छन् । पिएसजीबाट खेल्न पाउँदा आफुलाई गर्व लागेको प्रतिक्रिया रामोसले दिएका छन् । उनले क्लबलाई धेरैभन्दा धेरै उपाधि जिताउन भूमिका खेल्ने बताए ।
पिएसजीका अध्यक्ष नसिर अल खेलाईफीले भने, ‘पेरिसले आज हाम्रो युगकै एक महान् खेलाडीलाई स्वागत गरेको छ । सजिर्यो रामोस हाम्रो क्लबमा आबद्ध भए भनेर घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’ सेभियाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका रामोसले सन् २००५ यता पछिल्ला १६ वर्ष रियलमा बिताएका थिए । रियलसँगको सम्झौता यसै सिजन टुंगिएपछि उनले फ्रि एजेन्टका रुपमा क्लब छाडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण