आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पौडेल पक्षले भन्यो : संस्थापन पक्षबाट नवप्रवेशीको नाममा चलखेल भयो

बिहीबार, २४ असार २०७८, १८ : ५५
बिहीबार, २४ असार २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरणमा चलखेल भएको निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पौडेल समूहको बैठकले नवप्रवेशीका नाममा संस्थापन पक्षले हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता बाँडिएको ठहर गरेको हो ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेलले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । 

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेता सहभागी थिए । छलफलमा पार्टीको क्रियाशील सदस्यताको विषय कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री शशांक कोइरालाले  बताए । क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाई छ ।
कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताए ।

बिहीबार महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका थिए । विभिन्न जिल्लाबाट उजुरीहरू आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताए ।

क्रियाशील सदस्य छिटो टुंग्याउनका निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए ।  उनले भने, ‘क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा । ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि टाइममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहिँ छ ।’ क्रियाशील सदस्यताको विषय छिटो टुंग्याउन भनेर भरमग्दुर प्रयास गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप