पौडेल पक्षले भन्यो : संस्थापन पक्षबाट नवप्रवेशीको नाममा चलखेल भयो
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरणमा चलखेल भएको निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पौडेल समूहको बैठकले नवप्रवेशीका नाममा संस्थापन पक्षले हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता बाँडिएको ठहर गरेको हो ।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानविन समितिमा धेरैको उजुरी परेपछि पौडेलले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गरेका थिए ।
बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेता सहभागी थिए । छलफलमा पार्टीको क्रियाशील सदस्यताको विषय कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री शशांक कोइरालाले बताए । क्रियाशील सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाई छ ।
कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताए ।
बिहीबार महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका थिए । विभिन्न जिल्लाबाट उजुरीहरू आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताए ।
क्रियाशील सदस्य छिटो टुंग्याउनका निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए । उनले भने, ‘क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा । ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरू आएको छ त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि टाइममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहिँ छ ।’ क्रियाशील सदस्यताको विषय छिटो टुंग्याउन भनेर भरमग्दुर प्रयास गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण