कान्स २०२१ : बेला हदीदको नेकलेस देखेर जो सुकै भए हैरान
मङ्गलबार, २९ असार २०७८, १३ : ०६
मोडलले धेरैजसो आफ्ना विशेष पहिरनले सबैलाई हैरान बनाउने गर्छन् तर बेला हदीदको अचम्मको फेसनले धेरैलाई चकित पारेको छ । उनलाई कान्स फिल्म फेस्टिबल २०२१ मा एउटा निकै अचम्मको पहिरनमा देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्म फेस्टिबलको दोस्रो दिन बेला हदीले यो जोखिमयुक्त पहिरनसहित रेड कार्पेटमा उपस्थिति जनाएकी थिइन् ।
बेला रेड कार्पेटमा कालो रङको सियापरेल्ली ड्रेसमा देखिएकी छिन् । यसबाहेक यी मोडलको अचम्मको नेकलेसले धेरैको ध्यान खिचेको छ । सुनौलो रङको यो नेकलेस फोक्सोको आकारमा देखिएको छ ।
बेला हदीद २४ वर्षकी मात्रै भइन् र सुपर मोडलको यो अचम्मको पहिरनले सबैको मन जितेको पनि छ ।
मिडिया रिपोर्टका अनुसार बेला यसअघि फिल्म अनेटेको स्क्रिनिङका लागि रेड कार्पेटमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी