रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु
मङ्गलबार, ०५ साउन २०७८, १४ : ३४

रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।
पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।
करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण