रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु
मङ्गलबार, ०५ साउन २०७८, १४ : ३४
रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।
पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।
करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण