बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नारदमुनि रानाको अभिव्यक्तिपछि संसदीय समितिमा हंगामा

आइतबार, १० साउन २०७८, १३ : ३६
आइतबार, १० साउन २०७८

संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा भएको छ । आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरे । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप