महाराजगञ्जमा पारस शाह समर्थकद्वारा प्रदर्शन
काठमाडौंको महाराजगञ्जमा पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्टले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’
शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय