महाराजगञ्जमा पारस शाह समर्थकद्वारा प्रदर्शन
काठमाडौंको महाराजगञ्जमा पूर्व युवराज पारस शाहका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाईकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको विषयलाई लिएर उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
पूर्व युवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरेका थिए । नारायणगोपाल चोकमा एउटा समूहले प्रदर्शन गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए । ‘प्रदर्शन भएको थियो’ डिएसपी विष्टले भने–‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’
शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेपछि ट्राफिक प्रहरी र उनको बीचमा हातपात भएको भिडियो सार्वजनिक भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले उनलाई छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण