जसपाभित्रै बसेर नयाँ पार्टी खोल्ने ठाकुर–महतोको दाउ
आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए। स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) मा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने स्थिति रहेको भनी कानुन व्यवासायीहरूले जानकारी दिएको बुझिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुसार नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उपेन्द्र यादवले कारबाही नगरे पनि पद जाने भएकाले त्यसो गर्न उचित नहुने भनेर कानुन व्यावसायीहरूले ठाकुर–महतोलाई सुझाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार कानुन व्यावसायीहरूको तर्क थियो, नयाँ पार्टी घोषणा नगरेसम्म ठाकुर–महतो पक्षीय नेताहरू कानुनतः जसपामै रहन्छन्। त्यस्तो अवस्थामा उपेन्द्र यादवले कारबाही गरेको जानकारी नगराएसम्म उनीहरूको सार्वजनिक पद पनि यथावतै रहने जिकिर उनीहरूले गरेका छन्।
जसपा अध्यक्ष यादवले अहिलेसम्म ठाकुर पक्षका चार नेताबाहेक कसैलाई कारबाही प्रक्रिया अघि बढाएका छैनन्। ती चार नेता ठाकुर, महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि आयोगले जसपा आधिकारिकता विवाद निरूपण गर्नुअघि नै कारबाही गरिएको हो। आयोगको फैसलापछि यादव पक्षले यसबारे केही बोलेको छैन। नयाँ पार्टी घोषणा नगरेसम्म यादवले कारबाही गरे पनि सर्वोच्चले सांसद पद थमौती गर्न सक्ने तर्क पनि कानुन व्यावसायीहरूको रहेको जनाइएको छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण