‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्किङ गरेर साङ्केतिक विरोध गर्यो’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले मिडिया हाउसअगाडि गाडी पार्क गरेर अव्यवस्थित पार्किङको साङ्केतिक विरोध गरेको दाबी गरेका छन् ।
- उनले सुकुमबासीको पीडा बुझ्न मन्त्रीका सन्तानलाई केही दिन सुकुमबासी बस्तीमा बस्न दिनुपर्ने भन्दै सरकारको आलोचना गरेका छन् ।
- नीति निर्माणकर्ताले जनताको वास्तविक जीवन र कष्टलाई नजिकबाट हेर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले सरकारले नै मिडिया हाउस अगाडि गाडी पार्किङ गरेको दाबी गरेका छन् ।
अव्यवस्थित पार्किङको पीडा बुझाउन सरकारले यस्तो साङ्केतिक विरोध गरेको उनको जिकिर छ ।
साेमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ढकालले अब सरकारले सुकुमबासीको पीडा बुझ्न अर्को साहसी कदम चाल्नुपर्ने भन्दै कटाक्ष गरेका छन् । व्यङ्ग्यात्मक शैलीमा उनले भनेका छन्, ' सुकुमबासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ, तब सायद मन्त्रिपरिषद्ले समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।'
ढकालले नीति निर्माण गर्नेहरूले केवल तथ्य मात्र नभई जनताको वास्तविक जीवन र कष्टलाई नजिकबाट देख्नुपर्नेमा जोड दिएका छन्। भोको पेटमा बच्चाले कुहिएको चिउरा खानु पर्दाको पीडा र झरीमा भिजेर कठ्याङ्ग्रिँदाको महसुस कागजमा गरिने निर्णयभन्दा धेरै गुणा मानवीय हुने उनको भनाइ छ।
आज राजधानीका विभिन्न सञ्चारमाध्यमका गेट अगाडि शङ्कास्पद गाडी पार्क गरेको भेटिएका थिए । उक्त गाडी कसले पार्क गरेको भन्ने हालसम्म नखुलेपछि मुकुलले भने सरकारले नै यस्तो गरेको बताएका हुन् । रास्वपाले भने यस कार्यको छानबिनको माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
-
कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण