नेपालमा मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
-
१३ अर्ब कमाइरहेको गण्डकीले तीन वर्षमै कटाउला २० अर्ब ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण