‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
सारांश
- तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीमा किसानहरू मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् ।
- परम्परागत पहिरनमा सजिएका रोपारहरूले पञ्चेबाजाको तालमा हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै रोपाइँ गरे ।
- युवा पुस्ताले टिकटक र तस्बिर खिचेर कृषि पेसालाई सम्मान गर्न सिकाउँदै मौलिकता जोगाएका छन् ।
काठमाडौँ । लोकभाकाका यी हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैँ सजिएका छन् ।
आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन्।
जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य सांस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै सङ्गीतमय बन्यो।
रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानका बेर्ना रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो।
रोपाइँमा बाउसेहरूको सक्रियता पनि लोभलाग्दो थियो । कोही खेत सम्याउँदै थिए त कोही पानीको कुलो व्यवस्थापनमा व्यस्त थिए। हातमा धानका बेर्ना समातेर मुस्कुराइरहेका दिदीबहिनीहरूको मुहारमा देशको मेरुदण्ड मानिने कृषिको गर्व झल्किन्थ्यो। आधुनिकताको चपेटामा हराउँदै गएको असार १५ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ।
अहिलेको जमाना मोबाइल र सेल्फीको पनि हो । रोपाइँको बीचमा टिकटक बनाउने, तस्बिर खिच्ने र यो खुसीलाई विश्वभर फैलाउने प्रयासमा युवा पुस्ता पनि निकै सक्रिय देखिएका थिए। हातमा हिलो र ओठमा मुस्कान लिएर खिचिएका यी तस्बिरहरूले कृषि पेसालाई घृणा होइन, सम्मान गर्न सिकाउँछन्।
जितपुरफेदीको यो रोपाइँले फेरि एकपटक सम्झाएको छ–हाम्रो समृद्धि माटोमै छ। जबसम्म पञ्चेबाजाको तालमा यसरी नै खेतका गराहरू गुञ्जिरहन्छन्, तबसम्म हाम्रो मौलिकता बाँचिरहनेछ।
_qc5s3cz848.jpg)
_Xi8ly5ojyO.jpg)
_nCWUkQ9Fxq.jpg)
_SI7nYpUL1P.jpg)
_DsDzHloMba.jpg)
_jht2JitS3u.jpg)
_mWZXFGZJso.jpg)
_ZdG87iUJoD.jpg)
_EBr8a7xim2.jpg)
_ATQjNqiQqb.jpg)
_zzUU6IsjXN.jpg)
_UZptXVccP3.jpg)
_AILqVEUKg9.jpg)
_QoQslvBjI9.jpg)
_Jl4tTPAj17.jpg)
_GZbWOs7iXr.jpg)
_HKv9QgyUY1.jpg)
_dNtqE8m42K.jpg)
_5c1nJplXUP.jpg)
_HAEPP7zfeM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण