नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
सारांश
- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको छ ।
- २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लाग्ने प्रस्तावले बजार प्रभावित भएको छ ।
- सोमबार ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याउन लागेको कम्पनी ऐन, २०८३’ को मस्यौदामा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लाग्ने प्रस्तावले बजार वृद्धि हुन सकेन ।
पुँजीबजार लगानीकर्ताहरू २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा थप १ प्रतिशत व्ययभार थपिने आशकामा अन्योलसँगै तरङ्गित बनाएको देखिन्छ । उक्त व्यवस्था विषयमा लगानीकर्ताहरूले चौतर्फी विरोध गरेका थिए ।
त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १.८४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । त्यस्तै, नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक १.३९ प्रतिशत घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से १६.५४ अंकले बजार घटे पनि चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर भने ५.८३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
-
नेकपा बैठकबाट चार प्रस्ताव अनुमोदन
-
आफ्नै सरकारले ल्याएको बजेटप्रति बागमती प्रदेशका सांसहरू असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण