पूर्व प्रधानसेनापति कटवाल भन्छन्– एमसीसी पास भए हाम्रो स्वाभिमान चकनाचुर हुन्छ
पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् ।
‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै पारित गराउन खोज्नेहरू नेताहरु नेपाली हुनै नसक्ने उनको जिकिर छ । ‘यस्तो हालतमा एमसीसी पास गराउन खोज्ने नेताहरु नेपाली हुन सक्तैनन्ने’, उनको भनाइ छ, ‘नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर विरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसीसी पास हुन दिनुहुँदैन ।’
आफ्नै पालमा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हितमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
