सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन
सोमबार, २५ साउन २०७८, १७ : २६
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।
रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकाअनुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीले निष्कासन गरेको सेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’