मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, ६ आवेदकले पाए ११/११ कित्ता
मङ्गलबार, २६ साउन २०७८, १२ : १७
मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो ।
उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने, स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
जसमध्ये ६ जना भाग्यशाली आवेदकले ११/११ कित्ताका दर सेयर हात पारेका छन् ।
कम्पनीले एक सय रुपैयाँ अङ्कित कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेकोमा १४ हजार ७२६ कित्ता कर्मचारी, ३६ हजार ८१४ कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण