मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?
बुधबार, २७ साउन २०७८, ११ : २०
बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् । आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण