बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजारमा अजयको ‘कान्छीले’

शनिबार, १० असार २०७४, ०९ : २०
शनिबार, १० असार २०७४

काठमाडौँ  - गायक अजय तामाङको ‘कान्छीले’ नामक लोक आधुनिक गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । 

सो गीतमा गायक तामाङकै शब्द, सङ्गीत तथा स्वर छन् । उक्त गीतको निर्देशन सन्तोष राजवाहक, छायाङ्कन ज्ञानेन्द्र शर्मा र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । 
गीतमा कमल सिंह र अक्षता राईले अभिनय गरेका छन् ।  

विसं २०४७ मा धादिङ–१ ढोलामा जन्मिएका तामाङको ‘वीर गोर्खाली’ नामक सन्देशमूलक गीत बजारमा उपलब्ध छ । सानै उमेरदेखि गीत–सङ्गीतमा सक्रिय तामाङले ‘किन दुख्छ’ नामक प्रेममा बिछोड भएको आधुनिक गीतसमेत बजारमा ल्याउने तयारी गरेका छन् । 
 “मेरो सानैदेखि गीत–सङ्गीतमा रूचि भए पनि २०६९ सालदेखि औपचारिक रूपमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, आगामी दिनमा समेत सक्रिय रूपमा यही क्षेत्रमा लाग्ने योजना बनाएको छु”,उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप