नदीमा वेपत्ता भएका पुरुषको शव चार दिनपछि भेटियो
आइतबार, ३१ साउन २०७८, १८ : ००
कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो । बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।
पौडेल नदी पार गर्ने क्रममा कोइली पुलबाट खसेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि नै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण