पोखरा महानगरले छात्रवृत्तिमा प्राविधिक विषय पढाउने
पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निःशुल्क पढाउने भएको छ । महानगरले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरुमध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो ।
महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ जना छात्रालाई बहुप्राविधिक शिक्षालयमा निःशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिनेछ । महानगरपालिकाले गत वर्षदेखि पोखरा–२९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।
वडा नम्बर १९ ले यसवर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडा नम्बर ३० ले पनि थप एकजना छात्रालाई वडाको खर्चमा अध्ययन गराउन लागेको अध्यक्ष श्रीराम पोखरेलले बताए ।
वडा नं १९ अध्यक्ष शोभामोशन पौडेलका अनुसार वडा भित्रका एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । शिक्षालयमा अहिले ८३ जना विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २ सय २० जना सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण