पोखरा महानगरले छात्रवृत्तिमा प्राविधिक विषय पढाउने
पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका छात्रालाई प्राविधिक विषय निःशुल्क पढाउने भएको छ । महानगरले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरुमध्येबाट २ जनालाई निःशुल्क पढाउने भएको हो ।
महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत २ जना छात्रालाई बहुप्राविधिक शिक्षालयमा निःशुल्क पढाइने बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिनेछ । महानगरपालिकाले गत वर्षदेखि पोखरा–२९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।
वडा नम्बर १९ ले यसवर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडा नम्बर ३० ले पनि थप एकजना छात्रालाई वडाको खर्चमा अध्ययन गराउन लागेको अध्यक्ष श्रीराम पोखरेलले बताए ।
वडा नं १९ अध्यक्ष शोभामोशन पौडेलका अनुसार वडा भित्रका एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । शिक्षालयमा अहिले ८३ जना विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २ सय २० जना सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै