भूतपूर्व ब्रिटिश गोर्खाका माइतीघरमा प्रदर्शन, तस्बिर/भिडियोमा हेर्नुहोस्
भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।
१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पुरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए । आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनले बताए । आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे ।
उनले भने, ‘आज हामीलाई बेलायतले शोषण गरिरहेको छ । हामीलाई तलव, भत्ता, सुविधा, पेन्सन इत्यादिमा शोषण गरिरहेको छ । यसको खिलाफमा हामीले ३२ वर्ष लामो आन्दोलन ग¥यौँ । तर नेपाल सरकारले हाम्रो कुरा कहिलेपनि सुनेन । आमरण अनशन गरेको आज १४ दिन भयो । आजसम्म पनि यो सरकार बोलेन । हाम्रो साथीहरुको ज्यान जोखिममा छ । यो निकम्मा सरकारको धेरै चालबाजी भएको छ, त्यसैले सडकमा उत्रिन बाध्य छौँ ।’
मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरूलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफुहरुको माग गरेको विमला तिम्खेवाले बताए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण