फिफा विश्वकप २०२६
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
आइतबार, २८ असार २०८३, ०६ : ५७
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआतमै अग्रता बनाएको छ।
- अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।
- साविक विजेता अर्जेन्टिनाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै स्विट्जरल्यान्डमाथि दबाब बनाएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआतमै अग्रता बनाएको छ।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।

साविक विजेता अर्जेन्टिनाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै स्विट्जरल्यान्डमाथि दबाब बनाएको छ। कप्तान लियोनेल मेस्सीको नेतृत्वमा मैदान उत्रिएको अर्जेन्टिनाले प्रारम्भिक १० मिनेटमै गोल गर्दै सेमिफाइनल यात्रातर्फ बलियो संकेत गरेको हो।
यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण