फिफा विश्वकप २०२६
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
आइतबार, २८ असार २०८३, ०७ : ३५
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
- अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पासमा गोल गरे।
- पहिलो हाफभरि अर्जेन्टिनाले बलमा नियन्त्रण राख्दै दबाब सिर्जना गर्यो भने स्विट्जरल्यान्ड बराबरी गोल गर्न असफल भयो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरे। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै म्याक एलिस्टरले बल जाली चुमाएका थिए।

मेस्सीको यो असिस्टसँगै उनले विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन्। अर्जेन्टिनाले पहिलो हाफभरि बलमा नियन्त्रण राख्दै स्विट्जरल्यान्डको रक्षापंक्तिमाथि लगातार दबाब सिर्जना गरेको थियो भने स्विस टोलीले बराबरी गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन।

यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण