एक दुलहा दुई दुलही : विवाहको कार्ड बन्यो भाइरल
इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् ।
उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् ।
रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् ।
केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् ।
इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो ।
पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए ।
दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे ।
उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने ।
इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण