सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक : नेताहरुको कार्य विभाजनबारे छलफल

शनिबार, ०५ भदौ २०७८, १९ : ४२
शनिबार, ०५ भदौ २०७८

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ ।  पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन लगायतको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘सांगठनिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो ।’ उनले भोलि बिहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिने बताए । 

त्यसका साथसाथै पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरूको विषयमा बैठकमा छलफल भएको उनले बताए ।  

त्यस्तै निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । यी विषयमा आइतबार बस्ने बैठकले आवश्यक निर्णय लिने श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप