माओवादी स्थायी समिति बैठक : नेताहरुको कार्य विभाजनबारे छलफल
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन लगायतको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘सांगठनिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो ।’ उनले भोलि बिहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिने बताए ।
त्यसका साथसाथै पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरूको विषयमा बैठकमा छलफल भएको उनले बताए ।
त्यस्तै निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । यी विषयमा आइतबार बस्ने बैठकले आवश्यक निर्णय लिने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण