ढल्केबर सब-स्टेशनको तार चोरेको आरोपमा २ जना पक्राउ
धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् ।
विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टेशन परिसरमा ४०० केभी नेपाल–भारत विद्युत् व्यापार आयोजनाको स्टोर गरेर राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट मनिराजले तार चोरेका थिए । ह्याक्सो ब्लेडले तार काटिरहेको अवस्थामा सुरक्षा गार्डले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चोरीको तार ‘एम के मेटल स्टोर’मा बेच्ने गरेको खुलेपछि इप्रका ढल्केबर धनुषाको प्रहरीले नन्दकिशोरलाई प्रहरीले पक्राउ गरेको हो । ‘एम के मेटल स्टोर’ बाट प्रहरीले ३ लाख मूल्य बराबरको चोरीको तार बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण