रोनाल्डो युभेन्टसमै बस्छन् : एलिग्री
क्रिस्टियानो रोनाल्डोले यस सिजन क्लब नछाड्ने युभेन्टस्का प्रशिक्षकमा सीमिलियानो एलिग्रीले बताएका छन् । ३६ वर्षीय रोनाल्डोले यसै साता सामाजिक सञ्जालमा बहिर्गमनको हल्ला आफ्ना लागि अपमानजनक रहेको बताएका थिए ।
प्रिम्याच इन्टरभ्युमा एलिग्रीले रोनाल्डो क्लबमै रहने बताए । ‘रोनाल्डोले कहिल्यै क्लब छाड्ने इच्छा व्यक्त गरेका छैनन्’ उनले भने–‘उनले म क्लबमै बस्छु भनेका छन् ।’ युभेन्टसले आइतबार सिरिए खेलमा उडिनेसेको सामना गर्दैछ । यस सिजनभर रोनाल्डोको स्थानान्तरण चर्चामा छ । रियल म्याड्रिड, पेरिस सेन्ट जर्मनी र म्यानचेस्टर सिटीसँग उनको नाम जोडेर समाचारहरु आइरहेका छन् ।
यद्यपी, रियलका नयाँ प्रशिक्षक कार्लो एन्सिलोट्टीले तत्कालै रोनाल्डो फर्कने सम्भावना अस्वीकार गरेका थिए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व खेलाडी रोनाल्डोले २०१८ मा युभेन्टस्सँग सम्झौता गरेका थिए । गत मेईमाउनले युभेन्टस्बाट सर्वाधिक छिटो १ सय गोल गर्ने खेलाडीको कीर्तिमान बनाए, उनले केवल १ सय ३१ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । पाँच पटकका बेलोन डि’ अर विजेता रोनाल्डो र युभेन्टस्बीच सम्झौता सकिन १० महिना बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण