शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, ०७ भदौ २०७८, ११ : ०६
सोमबार, ०७ भदौ २०७८

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३२ रुपैयाँ कायम भएको बताएको छ । आजका लागि विदेशी विनिमय दर तोक्दै राष्ट्र बैंकले डलरको भाउ उक्त कायम भएको जनाएको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.७२ रुपैयाँ कायम छ ।

यसैगरी, एक युरोको बिक्री मूल्य १३९.५७ र खरिद मूल्य १३८.८७ तथा एक पाउण्डको बिक्री मूल्य १६२.५४ र खरिद मूल्य १६१.७३ रुपैयाँ छ । यस्तै, साउदीको रियालको बिक्री मूल्य ३१.८२ र खरिद मूल्य ३१.८८ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५७ र खरिद दर ३२.४१ छ । यूएई दिरामको बिक्री मूल्य ३२.४९ र खरिद मूल्य ३२.३२ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्री मूल्य २८.१६ र बिक्री २८.०२ रुपैयाँ छ । यसैगरी, आज १०० कोरियन वनको बिक्री १०.१५ तथा खरिद मूल्य १०.१० र १० जापनिज येनको बिक्री १०.८७ र खरिद मूल्य १०.८१ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप