अमेरिकी चेतावनीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले के भने ?
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै पनि उभिन सक्ने बताएका छन् । इजरायलले रफाहमा कुनै ठुलो कारबाही गरेमा लाई हतियार आपूर्ति बन्द गर्ने भन्दै अमेरिकाले चेतावनी दिएकै समयमा नेतान्याहूको यो अभिव्यक्ति आएको हो ।
‘आवश्यकता पर्यो भने हामी एक्लै पनि उभिनेछौँ । मैले पहिला पनि भनिसकेको छुँ कि आवश्यक पर्दा अन्तिम साससम्म लड्छौँ ।’ नेतान्याहूले भनेका छन् ।
‘शत्रुको साथसाथै मित्र पनि सम्झिनुस्, यो देश (इजरायल)लाई पछाडि छोड्न सकिँदैन । हामी बलियो छौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ । इजरायलका रक्षामन्त्री योआव गालान्टले भनेका छन् । रफाहमा मानव जीवनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरेर अमेरिकाले यस अघि नै बमको खेप आपूर्ति रोकेको थियो ।
इजरायलले सोमबार करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो । हमासमाथि विजय हासिल गर्न इजरायलले रफाहमा आक्रमण गर्ने कुरा बारम्बार दोहोर्याइरहेको छ । इजरायलले रफाहमा ठुलो कारबाही गरेमा हजारौँ मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूले बतायरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण