अमेरिकी चेतावनीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले के भने ?

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै पनि उभिन सक्ने बताएका छन् । इजरायलले रफाहमा कुनै ठुलो कारबाही गरेमा लाई हतियार आपूर्ति बन्द गर्ने भन्दै अमेरिकाले चेतावनी दिएकै समयमा नेतान्याहूको यो अभिव्यक्ति आएको हो ।
‘आवश्यकता पर्यो भने हामी एक्लै पनि उभिनेछौँ । मैले पहिला पनि भनिसकेको छुँ कि आवश्यक पर्दा अन्तिम साससम्म लड्छौँ ।’ नेतान्याहूले भनेका छन् ।
‘शत्रुको साथसाथै मित्र पनि सम्झिनुस्, यो देश (इजरायल)लाई पछाडि छोड्न सकिँदैन । हामी बलियो छौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ । इजरायलका रक्षामन्त्री योआव गालान्टले भनेका छन् । रफाहमा मानव जीवनमा पर्न सक्ने खतरालाई दृष्टिगत गरेर अमेरिकाले यस अघि नै बमको खेप आपूर्ति रोकेको थियो ।
इजरायलले सोमबार करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो । हमासमाथि विजय हासिल गर्न इजरायलले रफाहमा आक्रमण गर्ने कुरा बारम्बार दोहोर्याइरहेको छ । इजरायलले रफाहमा ठुलो कारबाही गरेमा हजारौँ मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूले बतायरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’