इरानले कब्जामा लिएका पाँच भारतीय नागरिक रिहा
शुक्रबार, २८ वैशाख २०८१, १० : २०
तेहरान । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको मालबाहक जहाज एमएससी एरीज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य थिए । यसमा १७ भारतीय नागरिक रहेका थिए ।
इजरायलसँग जारी तनावबिच इरानले यो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी हुन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण