इरानले कब्जामा लिएका पाँच भारतीय नागरिक रिहा
शुक्रबार, २८ वैशाख २०८१, १० : २०

तेहरान । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको छ । भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाइनेछ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको मालबाहक जहाज एमएससी एरीज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य थिए । यसमा १७ भारतीय नागरिक रहेका थिए ।
इजरायलसँग जारी तनावबिच इरानले यो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी हुन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग