फ्राइडे रिलिज : देशभर ‘खजुरे ब्रो’
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘खजुरे ब्रो’ले शुक्रबारदेखि देशभर एकल प्रदर्शन अवसर पाएको हो ।
यद्यपि, देशभरका सबै फिल्म हल यो फिल्मले पाएको छैन । यसअघि बिभिन्न मितिमा प्रदर्शनमा आएका फिल्म ‘महाजात्रा’, ‘डिग्री माइला’, ‘मनसरा’ र ‘बोक्सीको घर’ले अझै केही स्टेसन कब्जा जमाएर बसेको छन् ।
‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म हो । साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा बोल्ने फिल्म सुरज सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन् । फिल्मले सहकारी ठगीको विषय समेत गम्भीर रूपमा उठाएको हो ।
प्रदर्शन अगाडि फिल्मको काठमाडौँ र धरानमा ग्राण्ड प्रिमियर भएको थियो । प्रिमियरमा फिल्म मनोरञ्जनात्मक भएको प्रतिक्रिया दिएका थिए ।
फिल्ममा रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ ।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रूपमा छन् ।
रोहित रत्नको आरआर फिल्मस्ले वितरण गरेको फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण