महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ
महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साह र गौशालाका रामअशिष साह रहेको अख्तियारले जनाएको हो । दुवै जनालाई ५ हजार रुपैयाँ घुससहित निगौल चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामग्री नेपाल–भारत सीमा क्षेत्रबाट ल्याउनमा सहजीकरण गरिदिएको वापत ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा बर्दिवासस्थित अख्तियारबाट खटेको टोलीले ती दुवैजना आरोपितलाई घुससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण