महिलालाई दुबईमा बेचेको आरोप लागेका युवक थुनामा
काठमाडौंमा काम खोज्दै हिँडेकी महिलालाई विवाह गर्ने आश्वासन देखाएर दुबईमा बेचेको आरोपमा अर्घाखाँचीका युवकलाई अदालतले थुनामा राख्ने आदेश गरेको छ । साउन १७ मा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो ।
बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशले उनलाई सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा राखिएको छ । २०७७ कार्तिकमा कामको खोजीमा भौतारिएकी महिलालाई मधुले ‘म र श्रीमतीको बीचमा राम्रो सम्बन्ध छैन, दुबई गएर पैसा कमाएर आउ अनि तिमीसँग विवाह गरौंला’ भनेर दुबईमा पठाएका थिए ।
दुबई पठाउनुअघि श्रेष्ठले ती महिलालाई गेष्ट हाउस र मनमैजुस्थित आफ्नो फ्ल्याटमा राखेर जबरजस्ती यौन सम्बन्ध राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । महिलासँग १ लाख ३० हजार रुपैयाँ लिएर उनको दुबईमा बेचेको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।
दुबईस्थित अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र बलात्कार प्रयास गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् । दुवईस्थित एनआरएनएको सहयोगमा उनी २०७८ असार ९ मा नेपाल फर्केकी थिइन् । नेपालमा आएर घटनाबारे जानकारी गराएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण