जग्गाधनीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ
बिहीबार, १० भदौ २०७८, २१ : १९
जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको आरोपमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा)को जग्गा भाडामा लिएका थिए । श्रेष्ठले करार सम्झौता सकिएपछि पनि नछाडेको र जग्गाधनीलाई धाक धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
श्रेष्ठले १० वर्षअघि जग्गा भाडामा लिएर अन्य व्यक्तिहरुलाई भाडामा लगाई रकम उठाउने गरेका थिए । करार संझौता सकिएपछि जग्गा छाड्न आग्रह गर्दा श्रेष्ठले जग्गा धनीलाई गाली, गलौज र धम्की दिएको भन्दै उर्मिलाकुमारी खड्काले प्रहरीमा उजुरी गरेकी थिइन् । श्रेष्ठको पृष्ठभूमि गुण्डागर्दी रहेको एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण