शिल्पा शेट्टीले स्वीकारिन् ‘गल्ती’, पोस्ट सेयर गरेर बताइन् मनको कुरा
बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी मामिलामा १ महिनाभन्दा बढी समयदेखि जेलमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी मामिलामा पक्राउ गरेको थियो । यो घटनापछि शिल्पा शेट्टीले आफ्नो कामबाट मात्रै नभई सोसल मिडिया र प्रशंसकबाट पनि टाढा भएकी थिइन् । तर नायिका हालै आफ्नो शो ‘सुपर डान्सर ४’ मा पनि फिर्ता भएकी थिइन् र अब उनी सोसल मिडियामार्फत् प्रशंसकसँग पनि जोडिने प्रयास गरिरहेकी छिन् । शिल्पा शेट्टीले सोल मिडियामा एउटा पोस्ट शेयर गरेकी छिन्, जुन चर्चामा छ ।
शिल्पा शेट्टीले बिहिबार सेयर गरेको एउटा सोसल मिडिया नोटमा आफ्नो गल्ती ‘स्विकार’ गरेकी छिन् । शिल्पाले श्रीमान् राज कुन्द्राको विषयमा चलिरहेको विवादका बीच एउटा किताबको केही अंशमार्फत् प्रशंसकसँग कुरा गर्ने कोसिस गरेकी छिन् । नायिकाले सेयर गरेको किताबको पानामा लेखिएको छ – गल्ती ती बक्यौदाको हिस्सा हो, जसलाई हामी उमेरभरी चुकाइरहन्छौं ।’
शिल्पा शेट्टीले किताबको जुन पाना सेयर गरेकी छिन् त्यसमा लेखिएको छ, ‘हामी कुनै गल्ती नगरिकन जीवनलाई रोमाञ्चक बनाउन सक्दैनौं । हामी आशा गर्छौं कि हामीले कसैलाई पनि चोट पुग्ने गरी गल्ती गर्नुहुन्नँ । गल्तीलाई हामी त्यो चिजको रुपमा हेर्छौं जसलाई हामी बिर्सन चाहन्नौं । वा जुन सबैभन्दा रोचक अनुभवले भरिएको होस् । यसकारण होइन कि हामीले गल्ती गरेका छौं, यसकारण कि हामीले त्यसबाट सिकेका छौं । म पनि गल्ती गर्दैछु । म पनि आफूलाई माफी गरिदिनेछु र मैले त्यसबाट सिक्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण