कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग
कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।
यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएका खण्डमा आन्दोलन गर्ने बताएका छन् । अखिलका सुर्खेत अध्यक्ष धुपेन्द्र शाहीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२४ घण्टाभित्र बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी जनपक्षीय भूमिकामा रहन कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियू जोडदार माग गर्दछ । यदि तोकिएको समयमा बर्खास्त नगरेमा चरणबद्ध आन्दोलन सहित सडकमा उत्रिन बाध्य हुनेछौँ ।’
यद्यपि, मन्त्री शाहीको सचिवालयले भने यो विषयमा अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । भदौ ६ गते उक्त घटनाको विषय सार्वजनिक भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण