शिल्पा शेट्टीकी बहिनी शमिताले राकेशलाई भनिन्, ‘यता आउ अनि मलाई चुम्बन गर, त्यसपछि...’
बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ ।
बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ ।
यो वर्षको बिग बोस ओटीटीमा राकेश र शमिताको एकअर्काबीचको कनेक्शन निकै चर्चामा छ । राकेशले शमितालाई निकै ख्याल गर्ने गर्छन् । उनीहरुको दोस्तीलाई धेरैले ध्यानपूर्वक पनि हेरेका छन् ।
शोको नयाँ प्रोमो सार्वजनिक भएको छ । जसमा शमिता शेट्टीले राकेशलाई गालामा चुम्बन गर्न आग्रह गरिरहेकी छन् । शमिताको उक्त आग्रहलाई राकेशले स्वीकार गरेका छन् । राकेशले यसका लागि सधैँ तत्पर रहेको बताएका छन् ।
प्रोमोको भिडियोमा शमिता खाना खाइरहेकी हुन्छिन् । त्यहीँ राकेश माइक्रोवेभमा खाना तताइरहेका हुन्छन् । त्यहाँ शमिता भन्छिन्, ‘खाना पूरै तातो नबनाउ, नत्र खेर जान्छ ।’ जवाफमा राकेश भन्छन्, ‘अरु केही ?’
राकेशको जवाफपछि शमिताले केहीबेर राकेशलाई घुरेर हेर्छिन् । त्यसपछि भन्छिन्, ‘तिमीलाई केही समस्या छ ? म यस्तो गर्दिन ।’ त्यसपछि राकेशले केही समस्या नभएको बताउँछन् । र, अरु पनि केही भन्न मन लागे भन भनेर आग्रह गर्छन् ।
त्यसपछि मुस्कुराउँदै शमिता शेट्टी भन्छिन्, ‘यता आउ, र मलाई अहिले नै चुम्बन गर ।’ राकेश तुरुन्त शमितालाई चुम्बन गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण