१ हजार ३ सय किलो एसिडसहित ३ जना पक्राउ
अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ हजार ३ सय ५० केजी सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरेको छ । पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार केजी एसिड बरामद गरेको थियो । लेबलिङ नगरिएको र अनुमति नलिइकन गाडीमा एसिड लिएर उनीहरु पोखरा पुगेका थिए ।
पोखरा महानगरपालिका–२ मैरिया टोलस्थित अभिषेक औजार पसलबाट अनुमति बिना बेच्न राखिएको थप ३ सय ५० केजी एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका मध्येका ६३ वर्षीय बलबहादुर बिक सो औजार पसल सञ्चालक हुन् ।
आरोपीहरुलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण