कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, १४ भदौ २०७८, १८ : १४

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पर्वतको पैयुँ गाउँपालिकाबाट पक्राउ गरेको छ । पैयुँ गाउँपालिका–७ बस्ने ४४ वर्षीय ख्यामबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला अदालत स्याङजाले २०७३ साउन २० मा कर्तव्य ज्यान मुद्दामा उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको हो । ख्यामबहादुरलाई जिल्ला अदालत पर्वतको आदेशले कैद भुक्तानीको लागि कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त