कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, १४ भदौ २०७८, १८ : १४
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पर्वतको पैयुँ गाउँपालिकाबाट पक्राउ गरेको छ । पैयुँ गाउँपालिका–७ बस्ने ४४ वर्षीय ख्यामबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला अदालत स्याङजाले २०७३ साउन २० मा कर्तव्य ज्यान मुद्दामा उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको हो । ख्यामबहादुरलाई जिल्ला अदालत पर्वतको आदेशले कैद भुक्तानीको लागि कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण