खैरो हेरोइन किनबेच गर्न लागेका ३ जना पक्राउ
बुधबार, १६ भदौ २०७८, ११ : ०७
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बाट लागुऔषध ‘खैरो हेरोइन’ किनबेच गर्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपमहानगरपालिका–५ स्थित ३२ वर्षीय एन्जल मास्केको घरबाट सरोज डंगोल, सुशिलकुमार लामा र घरधनी मास्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले २५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । एन्जलको घरमा सुशीलकुमार लामा र सरोज डंगोल लागु औषध किन्न गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुमाथि लागु औषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण