दलित नेता कार्यकर्ताहरूद्वारा काँग्रेस पार्टी कार्यालयमा धर्ना
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजीनामा पछि दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् । धर्नासँगै उनीहरुले पार्टी नेतृत्वसमक्ष ५ बुँदे माग समेत अघि सारेका छन् । पार्टी नेतृत्वले बुँदे माग सम्बोधन नभए थप केन्द्रीय सदस्यलाई राजीनामा दिन समेत उनीहरुले दबाब दिएका छन् ।
पार्टी केन्द्रीय सदस्य तथा दलित अगुवाहरु मानबहादुर विश्वकर्मा र जीवन परियारले धर्नाको नेतृत्व गरेका छन् । उनीहरूको मागप्रति काँग्रेस नेतृ सुजाता कोइरालाले समर्थन जनाएकी छन् । कोइरालाले उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । धर्नामा काठमाडौंमा उपस्थित काँग्रेसका दलित नेता कार्यकर्ता सहभागी छन् ।
नेपाल दलित संघका अध्यक्ष समेत रहेका मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै बुधबार दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण