लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न
लुम्बिनी प्रदेशका १२ मध्ये ५ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा र रुकुम पूर्वमा १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशन सम्पन्न भएको हो । यस क्रममा अधिकांश स्थानमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
अर्घाखाँची र रुपन्देहीका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रुपन्देहीको बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले बताए ।
प्यूठान र दाङमा भदौ २२ मा वडा अधिवेशन हुनेछ भने रोल्पामा भदौ २३ गतेका लागि वडा अधिवेशनको मिति तय भएको छ । कपिलवस्तु, बाँके, बर्दिया जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेका कारण ती जिल्लामा शुक्रबार वडा अधिवेशन हुन सकेन ।
पाल्पामा शुक्रबार नै वडा अधिवेशन हुने भनिए पनि निर्वाचन अधिकृत नआएको र केही वडाको क्रियाशील सदस्यता अझै नटुङ्गिएकाले अधिवेशन रोकिएको छ । पाल्पामा भदौ २१ गते वडा अधिवेशन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण