‘सेलिब्रेटीको मृत्यु : मात्रै एउटा तमाशा !’
भारतीय मनोरञ्जन क्षेत्रका नक्षत्र सिद्धार्थ शुक्लाको मृत्युपछि बलिउडमा केही कलाकारले सेलिब्रेटीको मृत्युलाई तमाशाको रुपमा मात्रै लिइएको आरोप लगाएका छन् ।
स्ट्याण्ड अफ कमेडियन तथा युट्युबर जाकिर खानले इन्स्टाग्राममा एउटा पोस्ट् गरे । जसमा लेखिएको थियो, ‘ऊ तिमीलाई मानव सम्झिँदैन त्यसैले कुनै लाइन छैन... न कुनै सीमा छ, तिम्रो लाश उनका लागि प्राण निस्किएको शरीर होइन, बस तस्बिर खिच्ने अर्को एक मौका हो, कुनै दंगामा जलिरहेको घरबाट सामान चोर्नु जस्तै हो... किनकी यसपछि तिमी के काम ? धेरैभन्दा धेरै १० वटा तस्बिर, ५ समाचार, ३ भिडियो, २ स्टोरी र १ पोस्ट अनि सकियो ... त्यसैले तिम्रो मृत्यु तमाशा नै रहनेछ । रोएकी आमा पनि तमाशा, दुखमा तड्पिएको बाबु पनि तमाशा, शोकमग्न बहिनी पनि तमाशा, हिम्मत हारेको भाई पनि तमाशा, तिमीलाई माया गर्ने मान्छे पनि मात्रै तमाशा ....’
उनले लेखेको यो पोस्टलाई बलिउड अभिनेत्री अनुष्का शर्माले पनि सेयर गरेकी छिन् । सेलिब्रेटीको मृत्युलाई तमाशाका रुपमा लिइँदै गएको प्रति धेरैले खेद प्रकट गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण