मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

डिप्रेसन र आत्महत्याको बारेमा सोचिरहेका साथीलाई कसरी गर्ने मद्दत ?

शुक्रबार, २५ भदौ २०७८, १२ : २०
शुक्रबार, २५ भदौ २०७८

कुनै पनि व्यक्तिको मनभित्र चलिरहेको उथलपुथललाई बुझ्न सजिलो हुँदैन । कुनै पनि व्यक्तिको मनभित्र भएका डिप्रेशनको लक्षण पत्ता लगाउन निकै मुश्किल हुन्छ । मुस्कुराहतभित्र लुकेको हारको भावना सजिल्यै बाहिर देखिदैन । धेरैजसो उदास व्यक्तिहरुको मनमा बारम्बार आत्महत्याको सोच आउने गर्छ । त्यसैले, आफ्ना साथीहरुमध्ये कोही यस्तो अवस्थाबाट गुज्रिरहेका छन् भने तपाईंले भावनात्मक रुपमा सहयोग गर्न सक्नुहुन्छ । 

उदास व्यक्ति आत्महत्याको तरिकाका बारेमा सोचिरहन्छ । देखभाल र भोकको कमिका कारण उनको तौल कम भइरहेको हुन्छ । डिहाइड्रेड देखिन्छ । डिप्रेसनबाट पीडित व्यक्तिहरुले आत्महत्या गर्ने सम्भावना २० गुना बढी हुन्छ । हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या र रोकथामको विषयमा जागरुकता फैलाउने गरिन्छ । 

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ । सुरुवाती स्तरमा डिप्रेशनको पहिचान गर्न सकिएमा असहाय व्यक्तिको उपचार गर्न सकिन्छ । डिप्रेशन मानसिक रोगको आम समस्या हो । यो सबै उमेरका व्यक्तिमा हुन्छ । मनोवैज्ञानिक, पर्यावरणीय, सामाजिक र जेनेटिक फ्याक्टरका कारण यो समस्या हुन्छ ।

डिप्रेशनमा जेनेटिक्सको भूमिका धेरै हुन्छ । पारिवारिक रुपमा यो समस्या हुने गर्छ । भिटामिन बी १२ र भिटामिन डीको कमि पनि डिप्रेशनसँग सम्बन्धित हुन्छ । मधुमेह, हाइपोथायरायडिज्म, क्रोनिक बिरामी जस्ता पार्किंसन, एचआईभीले पनि डिप्रेशन पैदा गर्छ । 

उदास हुनु, चिडचिडाहट हुनु, मन दुखी हुनु, सामान्य कामकाजमा दिलचस्पी नहुनु, विनाकारण थकाइ लाग्नु, धेरै सुत्नु (हाइपरसोमिया) वा कम सुत्नु (इनसोमनिया), भोक लाग्नु , कम भोक लाग्नु, तौलमा घटबड हुनु, यौन इच्छामा कमि आउनु, निराशा, असहाय, व्यर्थ महसुस गर्नु र आफूलाई नै नोक्सान गर्ने विचार आउनु डिप्रेसनका लक्षणहरु हुन् ।

डिप्रेसनमा भएका व्यक्तिहरुसँग कुराकानी गर्ने गर्नुपर्छ । आफ्ना साथीभाई, आफन्तमध्ये कसैलाई यस्तो समस्या भएमा खुलेर कुराकानी गर्ने गर्नुस् । उनीहरुसँग डिप्रेसनको विषयमा यसको लक्षणको बारेमा भन्नुभन्दा संवेदनशील र गैर–निर्णयात्मक तरिकाले कुराकानी गर्नुस् ।

डिप्रेसनबाट ग्रस्त व्यक्तिको कुराकानी सुन्नुपर्छ । उनीहरुको कुराकानी धैर्यतापूर्वक सुन्ने गर्नुपर्छ । उनीहरुको कुरा सुन्ने र भावनात्मक रुपमा साथ दिने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप