मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

६ नम्बर प्रदेशमा यस्ता छन् एमालेका उमेदवार

बुधबार, १५ कात्तिक २०७४, ११ : ५०
बुधबार, १५ कात्तिक २०७४

काठमाडौं–  नेकपा एमालेको हिजो बसेको स्थायी कमिटिले  ६ नम्बर प्रदेशका उमेदवार टुंग्याएको छ । बाँकी प्रदेशमा आज (बुधबार) बस्ने बैठकले टुंगो लगाउने स्थायी समिति सदस्य किरण गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार मंगलबार राति अबेरसम्म बसेको बैठकले उमेदवारी टुङग्याएको हो । ६ नम्बर प्रदेशका ३ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुदैछ भने बाँकी ७ जिल्लामा पहिलो चरणमा निर्वाचन हुदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लामध्ये सल्यानको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको छ भने दुई प्रदेशतर्फ एमालेबाट (क) मा गुलाफजंग शाह (ख) मा प्रकाश ज्वालाले टिकट पाएका छन् । एमाले पोलिटव्युरो सदस्य रहेका ज्वाला मुख्यमन्त्रीका प्रवल दावेदार हुन् ।

त्यस्तै सुर्खेत– १ बाट प्रतिनिधिसभातर्फ ध्रुव शाहीले टिकट पाएका छन् भने प्रदेशसभाको (क) माओवादी केन्द्रले पाएको छ । (ख) बाट भने एमालेका खडक खत्री उमेदवार बनेका छन् । त्यस्तै सुर्खेत–२ बाट यमलाल कँडेलले प्रतिनिधिसभाको उमेदवार बन्ने छन् भने प्रदेशसभाका दुवै सिट माओवादीले पाएको छ । दैलेखको प्रतिनिधिसभातर्फका दुवै सिट एमालेको भागमा परेको छ । १ बाट रवीन्द्र शर्मा र २ बाट राजबहादुर बूढा उमेदवार बन्नेछन् । 

प्रदेशतर्फ १ को (क) माओवादीको भागमा परेको छ भने (ख)मा अमर थापाले टिकट पाएका छन् । २ को प्रदेशसभातर्फका दुवै सिट एमालेको भागमा परेको छ । जसअन्तर्गत (क)मा सुशील थापा र (ख)मा राजबहादुर शाही उमेदवार बन्ने भएका छन् । दोस्रो चरणको निर्वाचनकोलागि बिहीबार उमेदवारी दर्ता गर्ने कार्यतालिका छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप