सरकारले बढायो सबै प्रकारका मोटरसाइकलको कर
शनिबार, २६ भदौ २०७८, १२ : ५४
सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ ।
यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको छ । यसैगरी, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि ६० प्रतिशत लाग्दै आएको अन्तःशुल्क अब ८० प्रतिशत पुगेको छ । यस्तै, ५०० देखि १००० क्षमताका मोटरसाइकलमा सत प्रतिशत अन्तःशूल्क लाग्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण