एमसीसी शीघ्र अनुमोदन गर्न अर्थमन्त्रीलाई आग्रह
मन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरी यसलाई शीघ्र अनुमोदन गर्न आग्रह गरेकी छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिवार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षबारे छलफल हुँदा उक्त आग्रह गरेकी हुन् । भेटमा अर्थमन्त्रीले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएका थिए ।
‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ,’ भेटमा मन्त्री शर्माको भनाइ उद्धृत गर्दै अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उपाध्यक्ष फतिमाको टोलीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो । छलफलका क्रममा अधिकांश नेताले एमसीसीबारे देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण