सचेत नभए पटक–पटक सङ्क्रमण
सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटक सम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ ।
कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ छ ।
ती व्यक्तिमा एन्टिबडी विकास भइनसकेको वा कम समयमात्र एन्टिबडी शरीरमा रहेको चिकित्सकहरू बताउँछन् । गएको वैशाख महिनामा डा. शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदा रहँदै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि डा. पौडेलले पीसीआर परीक्षण गराए ।
पीसीआर पोजेटिभ देखिएपछि उनी होमआइसोलेसनमा बसे । दुई साताको बसाइपछि डा.पौडेललाई कोरोना निको भयो । पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनु पर्नेगरी समस्या नभएको डा. पौडेलले जानकारी दिए ।
त्यसपछि उनलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसे पछि उनी अहिले नियमित अस्पताल जान थालेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण