मुखको दुर्गन्ध हटाउनदेखि सुखमय यौनजीवनका लागि सुकमेल
आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गुणहरु पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ । भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ ।
मुखको दुर्गन्ध हटाउन
सुकमेलले मुखको दुर्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास गन्हाउने समस्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा गन्ध आउन थाल्छ । तर, सुकमेल खाने बानीले कब्जियतको समस्या कम हुने र मुख गन्हाउने समस्या पनि कम गराउँछ । सुकमेलमा हुने तत्वले मुखको गन्ध हटाउँछ । मुखबाट आउने गन्ध कडा छ भने मुखमा सुकमेल राखेर हिँड्न सकिन्छ ।
यौनजीवनका लागि
सुकमेलको सेवनले यौनजीवन राम्रो बन्छ । यसबाट भित्री शक्ति प्राप्त हुन्छ । बाँझोपनको समस्यासँग जुधिरहेका व्यक्तिले पनि सुकमेल खान सक्छन् ।
पाचन प्रक्रिया
सुकमेलमा पाइने तत्वले पाचन प्रक्रियालाई सक्रिय गराउँछ । यसमा हुने रासायनिक गुणले पेटभित्र हुने जलनलाई पनि कम गर्छ । बान्ता हुन खोजेमा सुकमेल खान सकिन्छ ।
घाँटी खराब भएमा
घाँटीमा समस्या भएमा सुकमेलको सेवन गर्न सकिन्छ । यसको सेवनले घाँटीमा हुने खराबी पनि कम गर्न सकिन्छ । भने घाँटी दुख्ने समस्या पनि कम हुन्छ ।
विषाक्त पदार्थ
सुकमेलमा हुने रासायनिक गुणले शरीरमा हुने फ्रि–रेडिकल र विषाक्त पदार्थबाट बचाउँछ । सुकमेललाई प्राकृतिक रुपमा रगत शुद्धिकरण गर्ने पदार्थ पनि भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण