एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए ।
उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी थियो । उनीहरू दुवैले इन्चार्ज दाबी नछाडेपछि विवाद बढ्दै गएको थियो ।
२ जेठ २०७५ मा फर्कने १० बुँदे सहमति कार्यान्वयन गर्दा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावल नै हो । उनले सोहीअनुसार आफू इन्चार्ज भएको दाबी गर्दै आएका थिए ।
तर, पार्टी विभाजनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर रूपमा पार्टी गतिविधि सञ्चालन गर्दा नेपाल पक्षमा उभिएपछि अध्यक्ष ओलीले रावलको जिम्मेवारी खोसेर इन्चार्जको जिम्मा भट्टलाई दिएका थिए । भट्ट गत २३ फागुनपछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसैले उनले पनि इन्चार्जको दाबी नछाडेका हुन्् ।
विवाद निरुपणका लागि भएको छलफलमा सुदूरपश्चिम इन्चार्ज आफैंले पाउने रावलको अपेक्षा थियो । १० बुँदे सहमतिमा तलमाथि हुँदैन भन्ने उनको बुझाइ थियो । तर, अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको भन्दै मुख खोले । रावललाई भने उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए ।
अध्यक्ष ओलीले अहिलेको पार्टी संरचनामा कुनै फेरबदल नगरिएको बताउँदै १० बुँदेमा अल्झिएर नबस्नसमेत निर्देशन दिए ।
‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रस्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’ यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण