जनमत पार्टीको विस्तारित बैठक बस्दै
सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।
केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ । त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको उनले बताए । विस्तारित बैठकको एजेन्डाबारे कार्यकारिणी समितिको बैठकमा छलफल भइरहेको छ । उनले भने, 'पार्टी कार्यकारिणी समितिको बैठक तीन दिनदेखि चलिरहेको छ । आज सो बैठक सकेपछि केन्द्रीय समितिको विस्तारित बैठक बस्नेछ ।’ विस्तारित बैठक भोलिसम्म चल्ने उनले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि पार्टीका अध्यक्ष सिके राउत चुनावको तयारीमा जुटिसकेका थिए । प्रदेश, जिल्ला तथा स्थानीय तहलगायतमा चुनाव सम्बन्धी विभिन्न गतिविधिहरू सुरु गरिएको थियो । तर, काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि जनमत पार्टीको चुनावसम्बन्धी अभियान तथा गतिविधिहरू सेलाएका छन् । चुनाव हुने अवस्था देखिएपछि पार्टीलाई पुन: त्यसमा केन्द्रित गरिने उनले बताए । जनमत पार्टीले चैतमा महाधिवेशन सम्पन्न गरेपछि निरन्तर संगठन सुदृढीकरणमा लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण