प्रतिबन्धित भारतीय रूपैयाँसहित एक युवक पक्राउ
बुधबार, ३० भदौ २०७८, १२ : ५१
पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट ५ सय दरका २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
बहुदरमाई नगरपालिका–४ घर भएका शर्माले सो पैसा भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् । उनी सवार ना.१५ प २३७२ नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण